आन्दोलनरत लघुवित्त पीडितसँग आजै वार्ता सुरु हुने, अर्थ मन्त्रालयले बनायो वार्ता टोली

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
आन्दोलनरत लघुवित्त पीडितसँग आजै वार्ता सुरु हुने, अर्थ मन्त्रालयले बनायो वार्ता टोली
AdvertisementAds

आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

अर्थमन्त्री वाग्लेले समितिलाई आजै पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिको पहिलो बैठक पनि आजै अर्थ मन्त्रालयमा बस्ने तय भएको छ, जहाँबाट आन्दोलनरत लघुवित्त पीडितसँग वार्ताको प्रक्रिया अघि बढाइनेछ।

समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य समितिको सदस्य सचिव तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स