सिनर्जी पावर डेभलपमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

सिनर्जी पावर डेभलपमेन्टको लाभांश घोषणा, बुक क्लोज कहिले ?

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छ। नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

घोषित लाभांश पारित गर्न कम्पनीले यही पुस २८ गते १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरिनेछ। साथै, नियमनकारी निकायबाट कुनै राय–सुझाव वा निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ। सभाले एक महिलासहित चार जना सञ्चालकको निर्वाचन गर्नेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नियुक्ति अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स