अघिल्लो वर्ष घाटामा रहेको श्वेत गंगा हाइड्रोपावरले कमायो १० करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

अघिल्लो वर्ष घाटामा रहेको श्वेत गंगा हाइड्रोपावरले कमायो १० करोड नाफा, प्रतिसेयर आम्दानी कति पुग्यो ?

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिसम्म  २ लाख ५३ हजार रुपैयाँ ऋणात्मक थियो। विद्युत बिक्री आम्दानी बढेपछि कम्पनीको नाफा पनि बढेको हो।

कम्पनीले विद्युत बिक्रीमार्फत ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड २४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १०.३३ प्रतिशत बढेको छ भने खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २२.१३ प्रतिशत घटेको छ। कम्पनीको वित्तीय खर्च घटेका कारण पनि नाफा कमाउन पुगेको हो।

१ अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ३३ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स