माउण्ट एभरेष्ट पावरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

माउण्ट एभरेष्ट पावरको आईपीओको बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?
Advertisement Ads

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले आज बिहान आईपीओको बाँडफाँड सम्पन्न गरेको हो।

कम्पनीले असार ३ गतेदेखि असार ८ गतेसम्म सर्वसाधारणका लागि कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि १ लाख ४२ हजार ७६० जना आवेदकले आवेदकले सेयर पाएका छन् भने बाँकी आवेदकको हात खाली भएको छ।

आईपीओको रिजल्ट हेर्नको लागि iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Mount Everest Power Development Limited छान्नुहोस्। त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर enter गरेर तपाईंले आईपीओको रिजल्ट हेर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Nirsang Lsma
Nirsang Lsma
1 month ago

4.

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स