राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा सहभागीमध्ये ८३ हजार ५२३ जना अर्थात् ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको ग्रेडवृद्धि परीक्षाका लागि एक लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। तीमध्ये एक लाख २९ हजार ११४ जना मात्र परीक्षामा सहभागी भएका थिए।
परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, एसएमएस, युएसएसडी तथा आइभीआर सेवामार्फत नतिजा हेर्न सक्नेछन्। साथै, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने व्यवस्था पनि गरिएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ।







![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया