SHAREHUBSHAREHUB

पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको नोटिस, ७ दिनभित्र उपस्थित हुन भनियो

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २३ गते
AdvertisementAds
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको नोटिस, ७ दिनभित्र उपस्थित हुन भनियो
AdvertisementAds

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र जारी गरेको छ।

विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको निवासमा पुगेर बयानका लागि उपस्थित हुनुपर्ने सूचना टाँसेको हो।

विभागले जारी गरेको पत्रमा जयवीर देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै तोकिएको समयभित्र उपस्थित हुन भनिएको छ।

यसअघि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवालाई पनि अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो।

जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ ठेक्का र राहदानी (पासपोर्ट) ठेक्कासम्बन्धी अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा उजुरी परेको छ। सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा बयानका लागि पत्र जारी गरिएको स्रोतले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स