मल्टीपर्पस फाइनान्स लिमिटेडले ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। आजदेखि बिक्रीमा आएको उक्त सेयर खरिदका लागि हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीका अनुसार सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर संख्या पनि स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
कम्पनीले तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया