मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार २३ गते
मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहेको, विदेशी विनिमय सञ्चिति बलियो बनेको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको जनाएको छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशतमा सीमित रहँदा विदेशी विनिमय सञ्चिति १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ। विस्तृत मुद्रा प्रदाय १५.२ प्रतिशतले बढे पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा मात्र सीमित भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार निजी क्षेत्रको कमजोर मनोबल, आन्तरिक मागमा आएको सुस्तता तथा निष्क्रिय कर्जा (NPL) बढेकाले कर्जा विस्तार लक्ष्यअनुसार हुन सकेन।

समीक्षामा घर कर्जाको सीमा ३ करोड रुपैयाँ पुर्‍याउने, सेयर धितो कर्जाको एकल ग्राहक सीमा २५ करोड रुपैयाँ बनाउने, व्यक्तिगत ओभरड्राफ्ट कर्जा १ करोड रुपैयाँ पुर्‍याउने, डिजिटल कर्जा र लघुवित्त कर्जामा सहजीकरणलगायत अधिकांश नीतिगत व्यवस्था कार्यान्वयनमा आएको उल्लेख गरिएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स