बोर्डका नवनियुक्त अध्यक्षको प्रतिबद्धता: पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्नेछु

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १५ गते
बोर्डका नवनियुक्त अध्यक्षको प्रतिबद्धता: पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्नेछु
AdvertisementAds

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजी बजारको विकास र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएपछि अध्यक्ष भट्टले सरकारको नीति तथा योजनाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका हुन्।

अध्यक्ष भट्टले आफ्नो ज्ञान, अनुभव र सीपलाई बजारका लगानीकर्ताको हित संरक्षण तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न केन्द्रित गर्ने बताएका हुन्।

ARTHAMANTRI SEBON WAGLE BHATTA https://bajarkochirfar.com/commitment-of-the-newly-appointed-chairman-of-the-board-i-will-implement-the-studies-and-recommendations-made-at-various-times-for-capital-market-reform | %tags
यो पनि पढ्नुहोस

बोर्ड अध्यक्षलाई अर्थमन्त्रीले भने : मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, नतिजा निकाल्नुस्

उनले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजार विकासमा निरन्तर काम गर्ने उल्लेख गरे।

डा. भट्टलाई गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स