बागमती प्रदेशमा अनलाइनबाट सवारी कर तिरेपछि ब्लुबुक रिन्यु गर्न कार्यालय जानु नपर्ने

बागमती प्रदेशमा अनलाइनबाट सवारी कर तिरेपछि ब्लुबुक रिन्यु गर्न कार्यालय जानु नपर्ने

अब बागमती प्रदेशमा अनलाइनबाटै सवारी कर तिरेपछि ब्लुबुक नवीकरणका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्ने भएको छ। प्रदेश सरकारले आर्थिक विधेयक, २०८३ मार्फत यस्तो व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार बागमती प्रदेशको यातायात सम्बन्धी मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा विभिन्न विद्युतीय भुक्तानी माध्यमहरू आबद्ध गरिएको छ। ती माध्यमबाट सवारी कर तिरेको विवरण भीआरएस (VRS) प्रणालीमा देखिएर भुक्तानीको निस्सा जारी भएमा सवारी दर्ता किताब (ब्लुबुक) भौतिक रूपमा नवीकरण गराउन आवश्यक पर्ने छैन।

यस व्यवस्थासँगै सवारीधनीहरूले कर तिर्न तथा ब्लुबुक नवीकरणका लागि यातायात कार्यालयमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
1 Comment
Oldest
Newest Most Voted
Dipak Thapa
Dipak Thapa
32 minutes ago

Link nai xaina vanera matra k garne
Link huna paryo adhikarik website ani reneu stamp sign ko lagi ta yatyat janu parne hola

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स