सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा देवेन्द्र खत्रीलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले प्राडा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन्।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त रहेपछि अर्को व्यवस्था नभएसम्म पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहितका पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया