स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, इपिएस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
स्वरोजगार लघुवित्तले कमायो ५ करोड बढी नाफा, इपिएस कति ?

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, संस्थाको खुद नाफा ३७.५० प्रतिशतले बढेर ५ करोड ६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण संस्थाको नाफामा वृद्धि भएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३८.५५ प्रतिशतले बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षमा १२ करोड ७९ लाख रुपैयाँ मात्र थियो। यस्तै, खुद सञ्चालन आम्दानी १३ करोड ९७ लाख रुपैयाँबाट बढेर १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड ३७ लाख रुपैयाँ छुट्याएको छ। यस अवधिमा खराब कर्जा अनुपात ५.४३ प्रतिशतबाट बढेर ७.३७ प्रतिशत पुगेको छ।

७८ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको असोज मसान्तसम्म रिटेन्ड अर्निङमा २२ करोड २६ लाख रुपैयाँ, रिजर्भमा २९ करोड ४४ लाख रुपैयाँ, र वितरणयोग्य मुनाफा २२ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म संस्थाको वार्षिककृत प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८९ पैसाले बढेर २५ रुपैयाँ ८४ पैसा पुगेक छ भने, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा, कुल सम्पत्ति मूल्य १,३४३ रुपैयाँ ०७ पैसा, र तरलता अनुपात १८.६३ प्रतिशत रहेको छ।

SLBBL 1 https://bajarkochirfar.com/swarojgar-laghubitta-earned-a-profit-of-over-50-million-what-is-the-eps | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स