SHAREHUBSHAREHUB

स्वर्णलक्ष्मी ठगी केस: रवि लामिछानेको बयानको दोश्रो दिन, अझै निष्कर्षमा पुग्न सकेन

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १६ गते
AdvertisementAds
स्वर्णलक्ष्मी ठगी केस: रवि लामिछानेको बयानको दोश्रो दिन, अझै निष्कर्षमा पुग्न सकेन
AdvertisementAds

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि पोखराबाट काठमाडौं ल्याइएका पूर्वगृहमन्त्री र रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि सकिएको छैन।

उनलाई बिहीबार काठमाडौं ल्याइएको थियो, जहाँ जिल्ला सरकारी वकिल कार्यालय, भद्रकालीमा बयान लिन थालिएको हो। बयानको दोस्रो दिन आज पनि जारी छ, तर सोध्नुपर्ने विषयहरूको कारण बयान पूरा नभएको सरकारी वकिल कार्यालयका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए।

उनका अनुसार, स्वर्णलक्ष्मी सहकारीका पीडितहरूको जाहेरी र अनुसन्धानबाट खुलिएका तथ्यहरूमा आधारित भएर बयान लिइँदैछ। बयान सकेपछि उनलाई पोखरा फर्काइने कुरा काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले स्पष्ट पारे। जिल्ला सरकारी वकिल कार्यालयले सोमबार ४ बजेभित्र बयान सक्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स