स्वावलम्बन लघुवित्तको नाफा ९४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति पुग्यो?



Advertisement
Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो त्रैमाससम्म खुद नाफा उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.२१ रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


Advertisement

कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दनी पनि बढेकाले नाफामा वृद्धि भएको हो। कम्पनीको सञ्चालन नाफा गत आवमा ५ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खुद ब्याज आम्दानी ८० करोड १ लाख रुपैयाँ छ । यसअवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ छ ।


Advertisement

चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, कम्पनीको खराब कर्जा अनुपात ८.२८ प्रतिशत रहेको छ ।

नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको पुसमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७५ पैसा रहेको थियो भने चालू आवमा बढेर ९ रुपैयाँ ७७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१० रुपैयाँ ४३ पैसा छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर