स्वाभिमान लघुवित्तको नाफा १८ सय प्रतिशतले बढ्यो, वित्तीय सूचकमा सकारात्मक सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
स्वाभिमान लघुवित्तको नाफा १८ सय प्रतिशतले बढ्यो, वित्तीय सूचकमा सकारात्मक सुधार

स्वाभिमान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १८८४.२९ प्रतिशतले बढेर ३ करोड ५७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा नाफामा सुधार आएको हो ।

यस अबधिमा खुद ब्याज आम्दानी ९७.५२ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ५९.५१ प्रतिशतले बढेर १४ करोड ५ लाख रुपैयाँमा पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ३ करोड ५५ लाख रुपैयाँबाट बढेर ४ करोड ५ लाख रुपैयाँमा पुगेको छ।

यो पनि पढ्नुहोस्: ग्रामीण विकास लघुवित्तको नाफा १६.८० प्रतिशतले बढ्यो, इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य नाफा ऋणात्मक | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात ०.४१ प्रतिशत बिन्दुले बढेर ४.११ प्रतिशतमा पुगेको छ।

समीक्षा अवधिमा संस्थाले ८३ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७३ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको चुक्ता पूँजी १४ करोड ६१ लाख ३८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ३० लाख रुपैयाँ सञ्चित छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३२.६१ रुपैयाँमा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १८१.३२ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स