ग्रामीण विकास लघुवित्तको नाफा १६.८० प्रतिशतले बढ्यो, इम्पेयरमेन्ट चार्ज बढ्दा वितरणयोग्य नाफा ऋणात्मक
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.८० प्रतिशतले बढेर २४ करोड ६८ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस संस्थाले खुद ब्याज आम्दानी ३२.६७ प्रतिशतले बढेर ८५ करोड ५७ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ३४.७६ प्रतिशतले बढेर ९३ करोड ९ लाख रुपैयाँमा पुगेको छ।
इम्पेयरमेन्ट चार्ज १८ करोड रुपैयाँ ऋणात्मकबाट बढेर ३ करोड ६८ लाख रुपैयाँमा आएको छ।
यो पनि पढ्नुहोस्: सूर्यज्योति लाइफको नाफामा ३१.९० प्रतिशतले बढ्यो, अन्य वित्तीय सुचाकमा सुधार | BAJARKO CHIRFAR
खराब कर्जा अनुपात २.५६ प्रतिशतबिन्दुले घटेर ४.४२ प्रतिशत पुगेको छ।
संस्थाको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २८ करोड ३५ लाख रुपैयाँ ऋणात्मक र जगेडा कोषमा २ अर्ब ८० लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ६१ पैसाले बढेर २५ रुपैयाँ १२ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ २८२ रुपैयाँ ४८ पैसा रहेको छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्