सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३१.९० प्रतिशतले बढेर २९ करोड ५७ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी बढेपछि नाफा पनि बढेको हो ।
कम्पनीको खुद बीमाशुल्क आर्जन ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ७ अर्ब ५१ करोड रुपैयाँमा पुगेको छ। त्यस्तै गरी कम्पनीको कुल आम्दानी १७.८३ प्रतिशतले बढेर १० अर्ब ४८ करोड रुपैयाँमा पुगेको छ भने कुल खर्च ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ९१ करोड रुपैयाँमा पुगेको हो।
यो पनि पढ्नुहोस्: खराब कर्जा र इम्पेयरमेन्ट चार्ज बढ्दा पनि मेरो माइक्रोफाइनान्सको नाफा कसरी बढ्यो? | BAJARKO CHIRFAR
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष १७.०३ प्रतिशतले बढेर ३९ अर्ब ४५ करोड रुपैयाँमा पुगेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ३९ करोड रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा मा पुगेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।
अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्






![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?fit=640%2C360&ssl=1)






![स्थायी सरकारप्रति किन ढुक्क छैन बजार ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/zpiLUsWNYJk-HD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया