लाभांश प्रस्ताव पारित गर्न स्वाभिमान लघुवित्तको साधारणसभा बस्दै, बुक क्लोज कहिले ?



Advertisement
Ads

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण प्रस्ताव पारित गर्नका लागि आगामी वैशाख १९ गते शुक्रबार आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ। यो निर्णय कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकबाट गरिएको हो।

सभामा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सो अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि पेस हुनेछन्।


Advertisement

साथै, सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा वैशाख १० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर