१ हजार रुपैयाँमा कारोबार भईरहेको स्वरोजगार लघुवित्तको एफपीओ भोलिबाट खुल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १७ गते
१ हजार रुपैयाँमा कारोबार भईरहेको स्वरोजगार लघुवित्तको एफपीओ भोलिबाट खुल्दै
AdvertisementAds

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले भोली (फागुन १८) गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबर १ लाख ९५ हजार ७७३ कित्ता सेयरको एफपीओ निष्काशन गर्ने भएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा निष्काशन गर्न लागेको हो । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यसमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । लगानीकर्ताले  सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत एफपीओ भर्न सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स