स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्ने उद्देश्यले साधारण सभा बोलाएको छ। कम्पनीले पुस २५ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्सालमा चौबीसौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो, जसको सुरु बिहान ११ बजे हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, सभा मार्फत हाल कायम संस्थापक सेयरमध्ये ९ प्रतिशतविन्दु सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५१:४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रहेका स्वतन्त्र र प्रतिनिधि सञ्चालकको नियुक्ति जानकारी गराउने, र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया