नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल आईडी ह्याक भएको आशंका गरिएको छ। विगत पाँच दिनदेखि इमेल आईडी बोर्डका कर्मचारीको नियन्त्रणमा नभएकाले यस्तो आशंका गरिएको हो।
बोर्डले @sebon.gov.np डोमेनमार्फत इमेल प्रयोग गर्दै आएको छ, जसमा कर्मचारीको नामसँगै इमेल ठेगाना बनाइने प्रथा छ।
साथै, गुनासोका लागि [email protected], प्रविधिक सहयोगका लागि [email protected] र अन्तर्राष्ट्रिय सम्पर्कका लागि [email protected] इमेल प्रयोग हुँदै आएको थियो। तर हाल सबै इमेल आईडीमा बोर्डका कर्मचारीको पहुँच रहेको छैन। यसबारे हामीले धितोपत्र बोर्डसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।


प्रतिकृया