सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १८ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छभने कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ र अन्य इक्विटीमा ४५ करोड ९८ लाख रुपैयाँ सञ्चित छ।
नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया