अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो। उक्त समयसम्म उप्रेती बाहेक अरू कसैको उम्मेदवारी नपरेकोले उनी स्वतः अध्यक्षमा निर्वाचित भएका हुन्।
उप्रेती हाल नाडाका महासचिव थिए र स्पेयर पार्टस व्यवसायसँग आबद्ध छन्। उनी सिएट टायर बिक्री गर्ने एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया