नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
पौडेलको तर्फबाट उनकी पत्नी दोमाया पौडेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई विशेष अदालतले ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
हाल उनी ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका छन्। केही दिनअघि सुर्खेतबाट पक्राउ परेका उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया