सर्वोच्च अदालतले डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादसम्बन्धी टीओडी मिटर अध्ययनका लागि गठित कार्यदललाई काम गर्न रोक लगाउने अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले आइतबार उक्त आदेश दिएको हो। अधिवक्ता खडानन्द कँडेलसहितले उर्जा मन्त्रालय, मन्त्री दीपक खड्का, तथा कार्यदलका पदाधिकारीविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइपछि अदालतले निर्णय गरेको हो।
यसअघि, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्यदललाई अवैधानिक भन्दै टीओडी मिटरको डाटा दिन अस्वीकार गरेका थिए, जसका कारण सरकारले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो।



















प्रतिकृया