सपोर्ट लघुवित्तको नाफा ७९.३९ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?



Advertisement
Ads

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७९.३९ प्रतिशत बढी हो। गत वर्षको सोही अवधिमा लघुवित्तले ८६ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।


Advertisement

खुद ब्याज आम्दानी बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। खुद ब्याज आम्दानी २ करोड ९३ लाखबाट बढेर ५ करोड १६ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २२४.७५ प्रतिशतले बढेर २ करोड ३३ लाख रुपैयाँमा पुगेको छ । खराब कर्जा भने १.५४ बाट बढेर १.७४ प्रतिशत पुगेको छ ।


Advertisement

पुस मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ४५ लाख जम्मा छ । पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर