सुपर खुदी हाइड्रोपावर लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बुधबारबाट सेयर कारोबार सुरु भएको छ। नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो।
यसअघि गत मंगलबार नेप्सेमा कम्पनीका १ करोड ५५ लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि समयमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३३० पुगेको हो ।




















प्रतिकृया