रिज लाइन इनर्जी लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) सीडीएससीमा दर्ता भइसकेको छ।
चैत्र ३ गते सिडीएससी, रिज लाइन इनर्जी लिमिटेड र प्रभु क्यापिटल लिमिटेड (रजिष्ट्रार) बीच धितोपत्र अभौतिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ। त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।त्यस्तै, पहिलो कारोबारका लागि रिज लाइन इनर्जीको सेयरको ओपनिङ रेञ्ज न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म तोकिनेछ।
त्यस्तै, चैत्र ३ गते सिडीएससी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड बीच पनि धितोपत्र अभौतिकीकरणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब उक्त आइपीओ लगानीकर्ताका डिम्याट खातामा आउने भएको छ। त्यसपछि, कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुनेछन्। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि उक्त सेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।त्यस्तै, पहिलो कारोबारका लागि सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयरको ओपनिङ रेञ्ज न्यूनतम ९४.७७ रुपैयाँदेखि अधिकतम २८४.३१ रुपैयाँसम्म तोकिनेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया