सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा विराटनगरको बिग होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको नाफा–नोक्सान, नगद प्रवाह विवरणलगायतको आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति पारित गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।
लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर २० गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।






![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)
![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया