नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। पार्टीले उनलाई आज सो क्षेत्रको टिकट प्रदान गरेको हो।
शर्मा विगतमा पार्टीको विशेष महाधिवेशनमा उपस्थित भई सम्बोधन गरेका थिए, तर नेतृत्व चयनको प्रक्रियामा औपचारिक कार्यक्रममा सहभागी भएका थिएनन्। त्यही समयमा सानेपामा भएको पार्टी बैठकमा भने उनी सहभागी रहेका थिए।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई पार्टीको आधिकारिकता दिएपछि शर्मा पार्टीभित्रका कांग्रेसीहरूलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्।
मनोनयन दर्ताका लागि नेता शर्मा पत्नीको साथमा आजै काठमाडौंबाट मोरङ प्रस्थान गरेका छन्।



















प्रतिकृया