शेरबहादुर देउवालाई सुनिल शर्माले भने, “माथि जाने बेलामा रोइलो छाडेर भोलि बिहान उद्घाटनमा आउनुस विकल्प दिन्छौं”

शेरबहादुर देउवालाई सुनिल शर्माले भने, “माथि जाने बेलामा रोइलो छाडेर भोलि बिहान उद्घाटनमा आउनुस विकल्प दिन्छौं”

नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई भृकुटीमण्डप आउन आग्रह गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

शर्माले उमेरको कारण देखाउँदै देउवाले अब नेतृत्व हस्तान्तरणतर्फ सोच्नुपर्ने धारणा व्यक्त गरे। ‘शेरबहादुर दाइ इतिहास बोकेको हाम्रो नेता हुनुहुन्छ। गाउँबाट उठेर यहाँसम्म आइपुग्नुभएको हो। ८० वर्ष नाघिसक्नुभयो, मेरो पिताजीको उमेर बराबर हुनुहुन्छ,’ उनले भने,  ‘अब तपाईंलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईंलाई सभापति बनायो, पटकपटक तपाईंहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौं ।’

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई महाधिवेशनस्थलमा उपस्थित भीडले गिज्याइरहेको टिप्पणी पनि गरे। ‘यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन? हामी झगडामा होइन, मध्यमार्गी सिद्धान्त र विचारमा विश्वास गर्छौं,’ उनले भने।

शर्माले पार्टीभित्र ५४ प्रतिशत हस्ताक्षर हुँदाहुँदै पनि त्यसलाई सामान्य छलफलका लागि समेत अघि बढाउन नसक्नु बिडम्बनापूर्ण भएको बताए। लोकतन्त्र, जनताको जीवनस्तर सुधार र पार्टीका अग्रजहरूको संघर्ष सम्झँदै उनले कांग्रेसले न्यूनतम लोकतान्त्रिक अभ्यासलाई समेत बेवास्ता गरेको आरोप लगाए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स