सन नेपाल लाइफको हकप्रद सेयर आजदेखि भर्न सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ३० गते
सन नेपाल लाइफको हकप्रद सेयर आजदेखि भर्न सकिने

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि आफ्नो हकप्रद सेयरको सार्वजनिक निष्काशन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर १ः०.२७ को अनुपातमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेको हो।

यस अनुसार, कम्पनीका विद्यमान सेयरधनीहरूले आफ्ना हरेक १ कित्ता साधारण सेयरको आधारमा ०.२७ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति जेठ १९ गते तोकिएको छ।

यस निष्काशनको प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो, जसका आधारमा वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

कम्पनीलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपाल लिमिटेडले ‘CARE-NP BBB’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत रहेको संकेत गर्दछ। रेटिङ्गको मान्यता आगामी असोज १९ गतेसम्म मान्य हुनेछ।

यस हकप्रद निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले लिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स