वैशाख ३० गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
वैशाख ३० गतेदेखि सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १:०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर प्रतिकित्ता रु १०० का दरले निष्कासन गर्न लागेको हो। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति प्राप्त गरिसकेको छ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ वैशाख ५ गते बुक क्लोज गरेको छ। त्यस अनुसार, वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि आवेदन दिन योग्य हुनेछन्।

हकप्रद सेयरका लागि आवेदन दिन सकिने अन्तिम मिति जेठ १९ गते तोकिएको छ।

सन नेपाल लाइफलाई केयर रेटिङ्ग्स नेपाल लिमिटेड ले ‘CARE-NP BBB’ इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत स्तरमा रहेको संकेत गर्छ। यो रेटिङ्ग आगामी असोज १९ गतेसम्म मान्य हुनेछ।

यस हकप्रद सेयर निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड ले निर्वाह गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स