सुजित कुमार शाक्य बने एनआइसी एशिया बैंकका नयाँ सीईओ

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
सुजित कुमार शाक्य बने एनआइसी एशिया बैंकका नयाँ सीईओ

एनआइसी एशिया बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिले सोमबार बसेको बैठकले सुजित कुमार शाक्यलाई सीईओमा नियुक्त गरेको हो।

शाक्यले आगामी ३० दिनभित्र पदभार ग्रहण गर्ने छन्। उनी चार वर्षका लागि नियुक्त भएका हुन्।

शाक्य हाल नबिल बैंकका वरिष्ठ डेपुटी सीईओ हुन्। उनले नबिल बैंकमा कार्यरत रहँदा केही समय कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालेका थिए।

बैंकिङ क्षेत्रमा उनको अनुभव तीन दशकभन्दा बढीको छ। नबिल बैंकमा प्रवेश गर्नुअघि उनी ग्लोबल आइएमइ बैंक, जनता बैंक, र सिभिल बैंकमा कार्यरत रहिसकेका छन्। जनता बैंक ग्लोबल आइएमइ बैंकमा गाभिएपछि उनले केही समय त्यहाँ पनि काम गरेका थिए।

यसअघि एनआइसी एशिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले राजीनामा दिएपछि बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स