SHAREHUBSHAREHUB

हर्क साम्पाङको क्षेत्र सुनसरी–१ बाट सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार सिफारिस

AdvertisementAds
हर्क साम्पाङको क्षेत्र सुनसरी–१ बाट सुदन किराती प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार सिफारिस
AdvertisementAds

पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद् सदस्य सुदन किराती आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन्।

पार्टीको सुनसरी जिल्ला कार्यसमितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ किरातीलाई उम्मेदवार बनाउने निर्णय गर्दै केन्द्रमा सिफारिस गरेको हो। पार्टीका सुनसरी इन्चार्ज शालिक राईले काठमाडौँको सुविधानगरस्थित केन्द्रीय कार्यालयमा पत्र पठाएर उनको नाम सिफारिस गरेका छन्।

सुनसरी-१ धरान उपमहानगरपालिका समेटिएको क्षेत्र हो, जहाँ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्क साम्पाङ मेयर छन्। यद्यपि साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेबारे औपचारिक घोषणा गरिसकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स