अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश व्यापारिक साझेदारहरूसँगको भन्सार शुल्कलाई ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेपछि विश्वभरका सेयर बजारमा एकाएक उछाल आएको छ। ट्रम्पको घोषणापछि अमेरिकी सेयर बजारमा लामो समयपछि सबैभन्दा ठूलो एकदिने वृद्धिको दृश्य देखियको छ। बुधबारको कारोबारमा डाउ जोन्स २,९६२ अंकले अर्थात् ७.८ प्रतिशतले बढेर ४०,६०८ मा पुगेको छ। त्यसैगरी, एसएन्डपी ५०० सूचक ९.५ प्रतिशतले वृद्धि भई ५,४५६ मा अडिएको छ भने प्रविधिमूलक नास्ड्याक सूचक १२.१ प्रतिशतले बढेर १७,१२५ मा बन्द भएको छ।
त्यस्तै, एशियाली बजारहरूमा पनि सकारात्मक लहर देखिएको छ। जापानको निक्केई २२५ सूचक ८ प्रतिशतले उकालो लागेको छ भने दक्षिण कोरियाको कोस्पी ६ प्रतिशत, ताइवानको टाइएक्स ९.२५ प्रतिशत र अस्ट्रेलियाको ASX २०० सूचक ४.६ प्रतिशतले वृद्धि भएका छन्।
युरोपेली बजारहरूले पनि ट्रम्पको घोषणालाई स्वागत गरेका छन्। जर्मनीको DAX सूचक ८ प्रतिशत, फ्रान्सको CAC ४० सूचक ६.४ प्रतिशत र बेलायतको FTSE १०० सूचक ६ प्रतिशतले बढेका छन्।
यद्यपि, चीनसँगको व्यापार विवाद भने अझ चर्किएको देखिएको छ। ट्रम्पले चीनका लागि भने भन्सार शुल्क झनै कडा बनाउँदै १२५ प्रतिशत पुर्याएका छन्। उनले चीनले अमेरिका प्रतिको “सम्मानको अभाव” देखाएको आरोप लगाउँदै यस्तो निर्णय लिएका हुन्। चीनले यसअघि बुधबार अमेरिकी सामानहरूमा ८४ प्रतिशतको प्रतिशोधी भन्सार शुल्क घोषणा गरेको थियो।
यस्तो घोषणा भए तापनि चीनका बजारहरू पनि हरियालीमै देखिएका छन्। हङकङको ह्याङसेङ सूचक ३ प्रतिशत, शाङ्हाई कम्पोजिट सूचक १.२९ प्रतिशत र शेन्जेन कम्पोनन्ट सूचक २.७ प्रतिशतले बढेका छन्।







![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)



![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया