भारतीय चर्चित कमेडियन र अभिनेता सुनील ग्रोवर नेपाल आएका छन्। बिहीबार नेपाल आएका उनी आज (शुक्रबार) साँझ होटल एभरेस्टको मैदानमा ‘ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रममार्फत करिब तीन घण्टाको प्रस्तुति दिनेछन्।
लिक्विट इन्टेलिजेन्स प्रा.लि.ले आयोजना गर्ने यो कार्यक्रम साँझ ६ बजे सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा झन्डै ४ हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ।
सुनीलको यो नेपालमा पहिलो लाइभ कन्सर्ट हो। उनी भोलि शनिबार भारत फर्किनेछन्। चर्चित भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’बाट चर्चा कमाएका सुनीलले थुप्रै फिल्ममा पनि अभिनय गरिसकेका छन्। उनले २०१८ मा नेपाल आएर पनि एक कार्यक्रममार्फत कमेडी प्रस्तुति दिएका थिए।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया