श्रृजनशील लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु
श्रृजनशील लघुवित्तको छैठौँ वार्षिक साधारण सभा आज (माघ २७ गते) बस्दैछ । सभा होटल पावन मिथिला थाली प्रा.लि, गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै,आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । त्यसैले यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार माघ १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।