प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायम गरेकी छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई ६९९ मतले पछि पारेकी हुन्।
अहिलेसम्मको मतपरिणाम अनुसार गौतमले २ हजार ४८५ मत प्राप्त गरेकी छन् भने दाहालले १ हजार ७८६ मत ल्याएकी छन्। त्यस्तै नेकपा एमालेका शंकर थपलियाले ५३५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत ल्याएका छन्।
यसैगरी राप्रपाका दीपक थापाले ११३ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा मतगणना भने जारी रहेको छ।




















प्रतिकृया