विश्वव्यापी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित हायात सेन्ट्रिक होटलमा आयोजित कार्यक्रममा उक्त फोन सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार भिभो भि६०ले मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको दाबी गरेको छ। फोनमा जाइस् अप्टिकल स्ट्यान्डर्ड अनुसार बनेको ५० मेगापिक्सेल सुपर टेलिफोटो क्यामरा, १०x टेलीफोटो स्टेज पोर्ट्रेट, पाँच फरक फोकल लेन्थ (२३–१०० मि.मि.) र एआई इमेज स्टुडियो जस्ता विशेषता रहेका छन्। साथै, ५० मेगापिक्सेल जाइस् मेन क्यामरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड–एङ्गल क्यामरा र ५० मेगापिक्सेल ग्रुप सेल्फी क्यामराले ४K भिडियो खिच्न सक्ने सुविधा दिन्छ।
डिजाइनतर्फ, इक्वेल डेप्थ क्वाड–कर्भ डिस्प्ले, स्लिम बेजल र स्टार ट्रायल क्यामरा मोड्युलले फोनलाई आकर्षक बनाएको छ। यसले मिस्ट ग्रे र बेरी पर्पल गरी दुई रंग विकल्प दिन्छ। सुरक्षाका लागि डायमण्ड शिल्ड ग्लास, IP68/69 रेटिङ र वानट्याप ब्याटरी इजेक्सन सुविधा दिइएको छ।
भित्र ६५०० mAh ब्याट्री, ९०W फ्ल्यास चार्ज, स्न्यापड्रैगन ७ जेन ४ चिपसेट र १२+१२GB एक्सटेन्डेड RAM जडान गरिएको छ। प्रि–बुकिङ भदौ १२–१६ सम्म खुला रहनेछ भने पहिलो बिक्री भदौ १७ बाट सुरु हुनेछ। ग्राहकले प्रि–बुकिङमा भिभो इयरबड्स पाउनेछन्। मूल्य १२GB + २५६GB रु. ७०,९९९ र १२GB + ५१२GB रु. ७५,९९९ रहेको छ। फोनलाई ०% EMI र एक्सचेन्ज बोनससहित किन्न सकिने सुविधा छ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया