नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नहुने स्पष्ट पारेका छन्।
आइतबारको कार्यसम्पादन समितिको बैठकमा शर्माले प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने घोषणा गर्नुको अर्थ समानुपातिकमार्फत संसद्मा जाने संकेत नभएको स्पष्ट पारे। उनले संसद् नगई आफ्नो सम्पूर्ण समय पार्टीमा खर्चेर कांग्रेसलाई नयाँ ढंगले स्थापित गर्न चाहेको बताए।
शर्माले समानुपातिकमार्फत आफू सांसद बनेको खण्डमा अन्य साथीको अवसर रोकिने हुनाले उनी त्यस्तो गर्न इच्छुक नभएको बताए। उनी पूर्णरूपले पार्टीको काममा समर्पित हुने बताए।
“म संसद्मा नगएर सम्पूर्ण समय पार्टीमा काम गर्न चाहन्छु। कांग्रेसलाई बदल्न र आगामी दिनमा नयाँ ढंगले स्थापित गर्न जरुरी छ। म त्यसमै समर्पित हुन चाहन्छु।” शर्माले भने।
“यसअघिको पोस्टमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको फोटो हुनु पर्नेमा गल्तीवश गभर्नरको फोटो प्रयोग हुन गएकोप्रति क्षमायाचना सहित सच्याइएको छ।”

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया