ट्राभलर सिर्जना सिज्जुले प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेकी हुन्।
सिज्जु काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को टिमबाट सिफारिस भई रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन्। यात्रामा रहेका बेला पर्याप्त सोचविचार नगरी प्रस्ताव स्वीकार गरेको भन्दै पछि नाम फिर्ता लिने निर्णयमा पुगेको उनले बताएकी छन्।
उनले राजनीतिमा तत्काल नआउने स्पष्ट पार्दै पर्यटन क्षेत्रमार्फत देशलाई योगदान दिने आफ्नो प्राथमिकता रहेको उल्लेख गरेकी छन्। पर्यटनले रोजगारी सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने भएकाले नयाँ पर्यटन मन्त्रीले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि उनले दिएकी छन्।
सिज्जुसँगै रास्वपाको बन्द सूचीबाट नाम फिर्ता लिनेको संख्या सात पुगेको छ।













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया