गायक तथा अभिनेता प्रकाश सपुतको राजनीतिमा प्रवेश धेरैका लागि अप्रत्याशित सरप्राइज बनेको छ। यसअघि उनको राजनीतिक क्षेत्रमा आउने चर्चा थिएन अन्य सेलिब्रिटीका नाम भने चर्चामा आइरहेका थिए।
सपुतले आफ्ना गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्दै आएका छन् र कहिले सिर्जना त कहिले अभिव्यक्तिका कारण विवादमा परिरहन्छन्। आलोचना र गाली पाएको भए पनि उनका समर्थक दर्शकहरू पनि पर्याप्त छन्।
गत फागुन, आफ्नो डेब्यु निर्देशन र लगानी रहेको फिल्म बसन्त को प्रचारमा व्यस्त रहेका सपुतलाई तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लेखिएको “केपी ओली: सपना, संघर्ष र सङ्कल्प” पुस्तक विमोचन कार्यक्रममा निमन्त्रणा गरिएको थियो। कार्यक्रममा उनले ओलीको जीवनको प्रेरणास्पद पक्षको प्रशंसा गरेका थिए।
यसपछि उनका केही समर्थकले उनलाई गाली गरे, कलाकारले निष्पक्ष रहनुपर्छ भन्दै आलोचना पनि भयो र ‘एमालेको झोले’ जस्ता ट्यागसम्म लाग्यो। आलोचना र विरोधको प्रभाव फिल्म बसन्त को व्यापारमा पनि परेको थियो, जसले बक्सअफिसमा कमजोर प्रदर्शन गर्यो। निर्देशन र निर्माणमा सपुत पहिलो प्रयासमै सफल हुन सकेनन्।
तर अहिले सपुत राजनीतिमा आएका छन् र रवि लामिछानेको पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन्। उनी दलित पुरुषतर्फको सूचिमा दोस्रो नम्बरमा परेका छन्।
गायनमा उनी निकै चर्चित छन् भने अभिनयमा ठिकै चल्दै आएका छन्। परदेशी २ र पूर्णबहादुरको सारंगीले राम्रो व्यापार गरे पनि पछिल्ला फिल्म बसन्त र सोल्टिनी कमजोर भए। निर्देशक र निर्माता रूपमा भने उनी अझै स्थिर हुन सकेका छैनन्।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया