insta insta

सिन्धु विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, फ्रेशरले पनि आवेदन पाउने

सिन्धु विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, फ्रेशरले पनि आवेदन पाउने
Advertisement Ads

सिन्धु विकास बैंक लिमिटेडले चिफ रिक्स अफिसर, क्रेडिट अफिसर, कम्प्लायन्स अफिसर, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, अपरेसन इन्चार्ज र गोल्ड टेष्टर पदका लागि कर्मचारी माग गरेको छ।

चिफ रिक्स अफिसरका लागि चार्टर्ड एकाउन्टेन्सी वा मास्टर्स डिग्रीसहित कम्तीमा १० वर्षको अनुभव आवश्यक छ। क्रेडिट अफिसर पदमा ७ वर्षको अनुभव हुनुपर्नेछ भने कम्प्लायन्स अफिसरका लागि AML/CFT सम्बन्धी क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव चाहिन्छ।

चार्टर्ड एकाउन्टेन्ट पदका लागि CA वा ACCA डिग्री अनिवार्य छ छ भने फ्रेशरले पनि आवेदन दिन सक्नेछन्। ब्रान्च म्यानेजर र अपरेसन इन्चार्ज पदमा न्यूनतम ५ वर्षको बैंकिङ अनुभव आवश्यक छ।

गोल्ड टेष्टर पदका लागि +२ वा स्नातक तह पास गरेका तथा गोल्ड लोनमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

साथै, सबै पदका लागि नेपाली र अंग्रेजी भाषामा राम्रो बोल्न र लेख्न सक्ने, कम्प्युटर चलाउन जान्ने र दुई पांग्रे सवारी चालक अनुमतिपत्र भएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन, बायोडाटा, नागरिकता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पछिल्लो पासपोर्ट साइज फोटो [email protected] मा आगामी २०८२/०४/०७ (२३ जुलाई २०२५) भित्र पेश गर्न सक्नेछन्।

516816614 1168455481987219 2734081015199884972 n https://bajarkochirfar.com/sindhu-bikas-bank-seeks-large-number-of-employees-freshers-will-also-be-able-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स