लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ९ गते
लाभांश र हकप्रद प्रस्ताव पारित गर्न सिक्लेस हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।

कम्पनीले मंसिर २९ गते, सोमबार, पोखरा–कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा २०औँ र २१औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभामा हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर, बोनस कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश तथा बोनस वितरणपछि कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद जारी प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान, नयाँ सञ्चालक समिति चयन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि छिन्न–भिन्न गर्नेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी भएकाले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स