सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, मंसिर १७ गतेसम्म कायम सेयरधनीलेमात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर, बोनस कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर २९ गते, सोमबार, पोखरा–कास्कीको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २०औँ र २१औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बोनस वितरणपछि कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन, हकप्रद जारी प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान, नयाँ सञ्चालक समिति चयन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि छिन्न–भिन्न गर्नेछ।















प्रतिकृया