सिक्लेस हाइड्रोपावरको ७३ लाख ८४ हजार बढी कित्ता सेयरको ‘लक-इन’ सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ११ गते
सिक्लेस हाइड्रोपावरको ७३ लाख ८४ हजार बढी कित्ता सेयरको ‘लक-इन’ सकिँदै

सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर लक-इन अवधि आगामी असोज १० गतेदेखि समाप्त हुने भएको छ।

कम्पनीका अनुसार यससँगै संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीयवासी र कम्पनीका कर्मचारी मिलाएर कुल ७३ लाख ८४ हजार ५ सय कित्ता सेयरको लक-इन अवधि समाप्त हुनेछ।

तीमध्ये संस्थापक सेयरधनीको ६५ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाको ८ लाख ५० हजार कित्ता र कम्पनी कर्मचारीको ३४ हजार ५ सय कित्ता सेयर लक-इनबाट मुक्त हुनेछन्।

तर, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारी भने लक-इन अवधि सकिए पनि सेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्था कायम रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डका नियमानुसार आईपीओ बाँडफाँडपछि तीन वर्ष पूरा नभएसम्म संस्थापक, स्थानीय र कर्मचारीलाई छुट्याइएको सेयर लक-इनमा अनिवार्य राख्नुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स