बम्पर लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

बम्पर लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले फागुन १५ गते बिहीबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान साढे १० बजेदेखि आफ्नो ३१ औं वार्षिक साधारणसभा बोलाएको छ।

माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभामा हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पारित गर्ने एजेन्डा तय गरेको छ।

यसका साथै वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरूको पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन २ गते बुक क्लोज गर्नेछ। फागुन १ गतेसम्म कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स