शिवम् सिमेन्ट्सको नाफा ८० करोड, ईपीएस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २८ गते
शिवम् सिमेन्ट्सको नाफा ८० करोड, ईपीएस कति ?

शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा २०५.८२ प्रतिशतले बढेर ७९ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चौथो त्रैमाससम्म कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ भने बिक्री आम्दानी ९.४५ प्रतिशतले घटेर ६ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वित्तीय खर्च ७९.४१ प्रतिशतले घटेर १ करोड १ लाख रुपैयाँमा आएको छ। अघिल्लो आर्थिक वर्षमा वित्तीय खर्च ४ करोड ९६ लाख थियो। बिक्री तथा वितरण खर्च ६८ करोड ३ लाख रुपैयाँ बाट घटेर ६५ करोड ५३ लाख रुपैयाँमा आएको छ।

कुल खर्च भने १.६६ प्रतिशतले घटेर ९४ करोड ६ लाख रुपैयाँमा सिमित भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ९५ करोड ६५ लाख थियो।

शिवम् सिमेन्ट्सको चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सेयर प्रीमियम ९५ करोड ६२ लाख रुपैयाँ छ। अन्य रिजर्भमा ३ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स