शिवम् सिमेन्ट्स लिमिन्टले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १६ गते सम्म कायम सेयरधनीले मात्र लाभांश पाउने रसाधारण सभामा भाग लिन योग्य हुनेछन् । कम्पनीको साधारण सभा पुस २९ गते राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डपमा बिहान ९ बजे सुरु हुनेछ ।


















प्रतिकृया